शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले लिलाम बढाबढमा बिक्रीमा ल्याएको ४५ हजार ९९१ कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
उक्त सेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरुले आज बिहीबार (वैशाख २२ गते) कार्यालय समयभित्र एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालय बबरमहल, काठमाण्डौंमा आवेदन दिनुपर्नेछ ।
बैंकले बैशाख बुधबारदेखि बिक्रीमा ल्याएको उक्त सेयर संस्थापक सेयरधनीहरुसँगै अन्य जो कोही व्यक्ति तथा संस्थाहरुले समेत खरीद गर्न पाउनेछन् ।
उक्त सेयरको मूल्य प्रतिकित्ता न्यूनतम १८५ रुपैयाँ तोकिएको छ । आवेदकहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने व्यवस्था छ ।
सेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । बैंकको साधारण सेयर बुधबार धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता ३४५ रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया