अपर हेवाखोला जलविद्युत कम्पनी लिमिटेडलाई २० करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बक्रिी गर्न अनुमति पाएको छ ।
पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कम्पनीलाई बैशाख २२ गते बिहीबार २० लाख कित्ता साधारण सेयर बिक्री गर्न अनुमति दिएको हो ।
अनुमति पाएसँगै कम्पनीले जारी पूँजीको ३० प्रतिशतले हुन आउने प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आईपीओ अबको दुई महिनाभित्र जारी गर्नेछ ।
पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपीओ बिक्रीपछि सर्वसाधारणका लागि भने दोस्रो चरणमा बिक्री खुला हुनेछ । कम्पनीले ५ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र बाँकी १५ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिने कम्पनीले जनाएको छ ।
अपर हेवाखोला जलविद्युत आयोजनामा एनएमबी बैंकको नेतृत्वमा नेपाल बैंक र कृषि विकास बैंक गरी कुल तीनवटा वाणिज्य बैंकले सहवित्तीयकरणमा लगानी गरेका हुन् । ८.५ मेगावाट क्षमताको यो आयोजना संखुवासभाको जलजला गाविस र चैनपुर नगरपालिकाको बीचमा पर्छ । सरकारल यो आयोजनाको विद्युत उत्पादन गर्न २०६६ सालमा सर्वेक्षणको अनुमति दिएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया