प्रि ओपनिङ्ग: ८ लाखको सेयर कारोबार

0
Shares

साताको पहिलो कारोबार दिन आइतबार ८ लाख १६ हजार १०९ रुपैयाँमा खरीद बिक्री भएका छन् । यस अवधिमा ६ कम्पनी १ हजार ८५ कित्ता सेयर खरीद बिक्री भएको हो ।

आइतबार प्रि ओपनिङ्ग सेसनमा नेप्से ०.१८ अंकले मात्र बढेको छ । साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका ६ कम्पनी मध्ये २ कम्पनीको भाउ बढेसँगै नेप्सेमा सामान्य मात्र सुधार आएको हो ।

नेप्सेका अनुसार प्रि ओपनिङ्ग सेसनमा आज ६ कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये २ कम्पनीको शेयरमूल्य बढेको छ भने १ कम्पनीको सेयरमूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थीर रहेको छ ।

नेप्से ०.१८ अंकले बढेसँगै सूचक २ हजार २३८ दशमलव ८१ बिन्दुमा पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ बैशाख २०७९, आइतबार  १० : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।