एनएमबि बैंकको ऊर्जा ऋणपत्रमा आवेदन दिने समय थप

0
Shares

एनएमबि बैंकको उर्जा ऋणपत्रमा आवेदन दिने समय थप गरिएको छ ।

पहिलो चरणको निर्धारित समयमा सबै इकाई ऋणपत्र बिक्री नभएपछि म्याद थप गरिएको हो ।यससँगै अब लगानीकर्ताले जेठ ४ गतेसम्म उक्त ऋणपत्रमा आवेदन गर्न सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम १४ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, मेरो सेयर मोबाइल एप, र वेवसाइट मार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

बैंकले वैशाख २१ गतेदेखि ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऊर्जा ऋणपत्रको बिक्री खुला गरेको छ । प्रतिइकाई १ हजार रुपैयाँको दरमा जारी ३५ लाख इकाई ऋणपत्रमध्ये १४ लाख इकाई सर्वसाधारणका लागि (५ प्रतिशत अर्थात् ७० हजार कित्ता म्युचुअल फन्डलाई समेत) छुट्याएको छ । ६० प्रतिशत अर्थात् २१ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

एनएमबि बैंकले १५ वर्ष अवधिको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत– २०९३/९४’ जारी गरेको हो । यो ऋणपत्रका लागानीकर्ताले वार्षिक ४ ब्याजदर पाउनेछन् ।

एनएमबि बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ए’ रेटिङ दिएको छ । उक्त रेटिङ पाउने कम्पनी वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन् । यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहन्छ ।

ऋणपत्रको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ बैशाख २०७९, आइतबार  १२ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।