चिलिमे जलविद्युतको नाफा ५२ करोड माथि, विद्युत बिक्री आम्दानी स्थिर

0
Shares

चिलिमे जलविद्युत कम्पनी लिमिटेड (CHCL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५२ करोड २० लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो आवको यसै अवधिमा ५१ करोड ५६ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको नाफा समीक्षा अवधिमा १.२४ प्रतिशत अर्थात ६३ लाख ८१ हजार रुपैयाँ बढेको हो ।

कम्पनीको विद्युत बिक्री आम्दानी १.७६ प्रतिशतले बढेर ८२ करोड ३४ लाख ३५ हजार रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको वित्तीय आम्दानी २०.२४ प्रतिशत बढेर १३ करोड १ लाख ५६ हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ७.५० प्रतिशत बढेर ६ अर्ब ७५ करोड १७ लाख ९४ हजार रुपैयाँ पुगेको छ । पूँजीवृद्धि भन्दा नाफा वृद्धि कम हुँदा कम्पनीको प्रतिसेयर आम्दानी ०.६४ रुपैयाँ घटेर १०.३१ रुपैयाँ पुगेको छ ।

यस्तै अपरिष्कृत वित्तीय विवरण अनुसार रिटेन्ड अर्निङ्ग ४.२७ प्रतिशतले वृद्धि भएर ३ अर्ब ३९ करोड ८७ लाख रुपैयाँ पुगेको छ । चैत मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १५०.३४ रुपैयाँ, मूल्य आम्दानी अनुपात २९.४० गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २६ बैशाख २०७९, सोमबार  १० : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।