नेप्सेमा दोहोरो अङ्कको वृद्धि, १ अर्ब ३९ करोडको कारोबार

0
Shares

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अंकले उकालो लागेको छ ।

आइतबार पनि दोहोरो अंकले उकालो लागेको नेप्से परिसूचक आज पनि सोही अवस्था देखियो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.२७ अंकले उकालो लागेर २ हजार २६८.८४ अंकमा पुगेको छ ।

ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.१२ अंकले उकालो लागेर ४३९.४७ अंकले उकालो लागेको छ ।

नेप्से उकालो लागे पनि कारोबार रकम भने उल्लेख्य मात्रामा वृद्धि भएन । कूल २२२ कम्पनीको ३३ लाख २४ हजार ८२२ कित्ता सेयर १ अर्ब ३९ करोड ६ लाख ७ हजार ७०२ बराबरको कारोबार भयो । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज चार उपसमूहको सेयर मूल्यमा ओरालो लागेको छ भने ९ उपसमूहको शेयर ओरालो लागेको छ । होटल एवं पर्यटन २५.८५, विकास बैंक २०.९१, जीवन बीमा ८२.१२ र लगानी ०.०७ अङ्कले ओरालो लागेको छ ।

बैंकिङ १४.७६, व्यापार ३५.२२, जलविद्युत् १२.५३, वित्त १.६६, निर्जीवन बीमा ५७.०३, उत्पादन २७.१९, अन्य ५.१९, लघुवित्त ६०.७५ र सामूहिक लगानी कोष ०.०८ अंकले उकालो लागेको छ । सोमबारको कारोबारपछि बजार पूँजीकरण ३२ खर्ब २७ अर्ब ७६ करोड १४ लाख ७१ हजार ५०६ बराबर पुगेको छ । कारोबारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको ७ करोड ८३ लाख ५३ हजार ८९९ बराबरको कारोबार भयो ।

एनआइसी एशिया बैंक ५ करोड ४ लाख ८९ हजार ५९१, हिमालयन डिस्टिलरी ४ करोड ९५ लाख ८५ हजार ९४१, शिवम् सिमेन्ट ३ करोड ८६ लाख ७१ हजार ९९२ र नबिल बैंक ३ करोड ६९ लाख ५ हजार ६८८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

नेप्सेका अनुसार जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । माहुली लघुवित्त ७.७७, उन्नति सहकार्य लघुवित्त ६.२७, सानिमा लार्ज क्याप ५.७७ र आरएसडिसी लघुवित्तका लगानीकर्ताले ५.३२ प्रतिशतले कमाएका छन् ।

हिमालयन ऊर्जा विकास कम्पनी ३.७८, स्वरोजगार लघुवित्त विकास बैंक ३.२४, गुह्यश्वरी मर्चेन्ट बैंक ३.०४, समता घरेलु लघुवित्त २.९९ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्तालाई २.८३ प्रतिशतले ओरालो लाग्यो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ बैशाख २०७९, सोमबार  १६ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।