स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँ सहित पक्राउ

0
Shares

मोरङ, विराटनगर महानगरपालिका(१५ बाट स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँ सहित भारत घर भएकी ३० वर्षीया मुन्नी देबी सहनीलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई शंका लागी ईलाका प्रहरी कार्यालय रानी (सिमा) कार्यालयाबाट खटिएको प्रहरीले शुक्रबार साँझ जाँच गर्ने क्रममा उक्त भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी पठाइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ बैशाख २०७९, सोमबार  १७ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।