नेप्सेमा मल्टीपर्पस फाइनान्सको १३ प्रतिशत बोनस सूचीकृत

0
Shares

मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड (MPFL) को चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

सोमबार नेप्सेमा चुक्ता पूँजीको १३ प्रतिशत बरारबले हुन आउने ५ लाख २० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस अहिले सूचीकरण गरिएको हो ।

मल्टिपर्पस फाइनान्सले गत वर्ष २०७७।७८ को नाफा र सेयर प्रिमियमबाट चुक्ता पूँन्जीको १३ प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

कम्पनीको केन्द्रीय कार्यालय राजविराज, सप्तरीमा पुस ३० गते सम्पन्न साधारण सभाले उक्त बोनस सेयर अनुमोदन गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ बैशाख २०७९, सोमबार  १८ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।