.jpg)
मध्य भोटेकोशी जलविद्युत कम्पनीले चालु आर्थिक वर्ष २०७८।७९ को तेस्रो त्रैमाससम्ममा १ करोड ११ लाख ७० हजार रुपैयाँ नोक्सानी ब्यहोरेको छ ।
गत आर्थिक वर्षको यसै अवधिमा २ करोड ८९ लाख ५२ हजार रुपैयाँ नोक्सानीमा रहेको कम्पनीको नोक्सानी समीक्षा अवधिमा सुधारिएको हो ।
वित्तीय विवरणमा कम्पनीको निमार्ण गरिरहेको एकमात्र जलविद्युत आयोजना निर्मााणकै चरणमा रहेका कारण नाफा गर्न नसकेको उल्लेख गरेको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा पर्ने भोटेकोशी नदीको पानी प्रयोग गरी १०२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
चालु आवको ९ महिनामा कम्पनीले ४ करोड १३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । सञ्चालन नोक्सानी ५ करोड २५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी ३ करोड ६६ लाख ५१ हजार रूपैयाँ सञ्चालन नोक्सानमा रहेको थियो । प्रशासनिक खर्च बढेका कारण कम्पनीको सञ्चालन नोक्सानी गहिरिएको हो ।
चुक्ता पूँजी ६ अर्ब रुपैयाँ रहेको मध्य भोटेकोशीको जगेडा कोष २९ करोड ८३ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २५ पैसा नोक्सानीमा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९५.०३ रुपैयाँ छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया