युनाइटेड मोदीको नाफा ४८ प्रतिशतले घट्यो

0
Shares

युनाइटेड मोदी हाइड्रोपावर (UMHL) ले चालु आर्थिक वर्ष २०७७।७८ को तेस्रो त्रैमाससम्ममा २ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आवको यसै अवधिमा ५ करोड २७ लाख रुपैयाँ नाफा कमाएको कम्पनीको खुद नाफा ४८ प्रतिशतले घटेको हो ।

समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी १८ करोड १३ लाख रुपैयाँमा झरेको छ । गत आवको यसै अवधिमा २२ करोड ६३ लाख रुपैयाँ थियो ।

चुक्ता पूँजी १ अर्ब १५ करोड रहेको कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक २.३९ रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा १० करोड ४५ लाख रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ भने १०९.०९ रुपैयाँ छ ।

चैत मसान्तसम्ममा कम्पनीले ३ करोड ८१ लाख रुपैयाँ अन्य श्रोतबाट आम्दानी गरेको छ । गत आवको यसै अवधिमा अन्य श्रोतबाट १४ लाख ३३ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ बैशाख २०७९, सोमबार  १९ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।