कुमारी धनवृद्धि योजनाको १२ करोड इकाई जेठ १२ गतेदेखि बिक्रीमा आउने भएको छ ।
कुमारी क्यापिटल लिमिटेडको योजना व्यवस्थापक तथा कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालनमा आउन लागेको हो । उक्त बन्दमुखी योजनाको आकार एक अर्ब २० करोड रुपैयाँ बराबर रहेको छ ।
कुमारी क्यापिटलले अर्को म्युचुल फण्ड अन्तरगत प्रतिइकाई दश रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई जारी गर्न लागेको हो । निष्काशित कुल इकाईमध्ये कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत अर्थात एक करोड ८० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरिनेछ । यसरी सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरिन लागिएको हो ।
फण्डको इकाई खरीद गर्न चाहने इच्छुक लगानीकर्ताले जेठ १७ गते मंगलबारसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा निष्काशित सबै इकाई बिक्री नभएको खण्डमा भने जेठ २६ गतेसम्म इकाईको बिक्री खुला रहनेछ ।
लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङ लिमिटेडले विकास गरेको मेरो सेयर मोवाइल एप तथा वेबसाइटबाट आवेदन दिन सक्नेछन्। यस्तै नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयहरु मर्फत पनि आवेदन दिन सकिनेछ ।
क्यापिटलले निष्काशनमा ल्याउन लागेको १० वर्ष अवधिको उक्त फण्डको इकाई खरीदका लागि न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था छ ।
कुमारी क्यापिटल लिमिटेड कुमारी बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया