केन्द्रीय अनुसन्धान ब्यूरोबाट बैंकिङ्ग कसुरमा दोषी ठहर भएका व्यक्ति पक्राउ

0
Shares

केन्द्रीय अनुसन्धान ब्यूरोले खातामा प्रयाप्त मौज्दात नभएको चेक काट्ने गोरखाको सिरानचोक गाउँपालिका-४ घर भई काठमाण्डौं महानगरपालिका-३ बस्ने वर्ष ३७ का प्रकाश रेग्मीलाई पक्राउ गरेको छ ।

अदालतबाट एक दिन कैद र ९ लाख जरिवाना तोकिएका फरार एक रहेका उनीलाई प्रहरीले आज काठमाण्डौंको बूढानीलकण्ठबाट पक्राउ गरेको हो ।

रेग्मीले विसं २०७६ कात्तिक १० मा मुक्तिनाथ विकास बैंक लिमिटेड महाराजगञ्ज शाखामा रहेको निजको खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी चेक दिएका थिए ।

उक्त चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनको यही जेठ ३ गतेको फैसलाले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा एक दिन कैद र ९ लाख जरिवाना हुने ठहर गरेको थियो ।

त्यसपछि फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित टोलीले आज उनलाई बूढानीलकण्ठबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरेको जनाइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ५ जेष्ठ २०७९, बिहिबार  १६ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।