
सुनको मूल्य नेपाली बजारमा बिहीबारको तुलनामा शुक्रबार तोलामा १ हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ १ हजार रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै तेजावी सुनको भाउ पनि १ हजार रुपैयाँले बढ्दै प्रतितोला ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । चाँदीको भाउ भने १५ रुपैयाँले बढेको छ । शुक्रबार चाँदीको भाउ पनि १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २७० रुपैयाँ तोलामा कारोबार भैरहेको छ ।
नेपाली बजारमा बिहीबार छापावाल सुन तोलाको ५०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँ र तेजावी सुन ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी प्रतितोला ५ रुपैयाँले बढ्दै १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८४३ र चाँदी प्रतिऔंस २१ दशमलव ९१ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया