कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद सेयर सूचीकृत भएको छ ।
बैंकको ३० लाख कित्ता हकप्रद शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।
बैंकले २०७८ माघ ७ गते देखि फागुन १३ गतेसम्म चुक्ता पूँजीको १५० प्रतिशत (१ कित्ता बराबर १.५० अनुपात) को दरले ३० लाख कित्ता हकप्रद बिक्री गरेको थियो ।
उक्त हकप्रदमा अवितरित भएको १ लाख २० हजार १२० कित्ता सेयर चैत १६ देखि २४ गतेसम्म लिलामीमा राखेर बैशाख २ गते शिलबन्दी बोलपत्र खुला गरेर बैशाख ७ गते बाँडफाँड गरेको थियो ।
हकप्रद र लिलामी बिक्री गरिउको अवितरिच सहित कुल ३० लाख कित्ता हकप्रद शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । सूचीकृत भएसँगै अब हकप्रदमा आवेदन दिएका सेयरधनीले उक्त हकप्रद डिम्याट खातामा आएपछि धितोपत्रको दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया