लुम्बिनी जनरल इन्स्योरेन्सको १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर लिलामीमा आएको छ ।
कुमारी बैंकले आफ्नो स्वामित्वमा रहेको इन्स्योरेन्सको संस्थापक सेयर जेठ १३ गतेदेखि लिलाम बढाबढमा बिक्री खुला गरेको हो ।
लुम्बिनी जनरलको उक्त संस्थापक सेयर लिलामीमा जेठ २७ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।
उक्त संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्यलाई आधार मानेर बोलपत्र पेश गर्नसक्नेछन् ।
शिलबन्दी बोलपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटल, नागपोखरी नक्साल काठमाडौंबाट प्राप्त गर्न र बुझाउन सकिनेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया