शिखर इन्स्योरेन्सको लिलामी सेयरको कटअफ मूल्य ९३६ रुपैयाँ कायम

0
Shares

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड (SICL) को लिलामी सेयरको कटअफ मूल्य ९३६ रुपैयाँ निर्धारण भएको छ ।

कम्पनीले वैशाख १९ गतेदेखि २७ गतेसम्म सर्वसाधारण समूह तर्फको ७७ हजार ७२० दशमलव ८८ कित्ता सेयर लिलाम बढाबढमा बिक्री खुला गरेको थियो ।

उक्त सेयरमा प्रतिसेयर ९३६ रुपैयाँ वा सो भन्दा बढी मूल्य तोकेर शिलबन्दी बोलपत्र पेश गरेका लगानीकर्ताले लिलामीको सेयर प्राप्त गरेको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।

हकप्रदमा अवितरित लिलामी सेयरको बोलपत्र जेठ ५ गते बिहीबार बिहान १० बजेबाट खुला गरिएको थियो भने निष्काशनकर्ता कम्पनीको सञ्चालक समितिको जेठ ९ गतेको बैठकले प्रचलिक कानुन बमोजिम उक्त सेयर बाँडफाँड गरेको हो ।

लिलाम बढाबढमा बाँडफाँडमा नपरेको सेयर वापतको रकम फिर्ता भुक्तानी जेठ १६ गते सोमबारदेखि हुने भएको छ । आवेदकले आफ्नो आवेदन फाराममा उल्लेख गरेको बैंक वित्तीय संस्थाको खातामा आईपीएस मार्फत रकमान्तर गरिने क्यापिटलले जनाएको छ । साथै आवेदकले आफ्नो खातामा रकम जम्मा भए नभएको यकिन गरी रकम जम्मा नभएको खण्डमा एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा सर्पक राख्न समेत क्यापिटलले लगानीकर्तालाई अनुरोध गरेको छ ।

शिखर इन्स्योरेन्स कम्पनीले २०७८ फागुन १ गतेबाट चैत २१ गतेसम्म चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५७२ कित्ता सेयर बिक्री गरेको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० जेष्ठ २०७९, मंगलबार  ०९ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।