सुन मूल्य दोस्रो दिन पनि स्थीर, चाँदीको तेस्राे दिसम्म साेही भाउमा खरिद बिक्री हुँदै

0
Shares

पहेँलो धातु सुनको मूल्य नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन तथा चाँदी तेस्रो दिनसम्म स्थीर बनेको छ ।

सुनको भाउ आइतबारदेखि र चाँदीको भाउ शुक्रबारदेखि नै एउटै मूल्यमा कारोबार हुँदै आइरहेको छ । आइतबार तोलामा ७०० रुपैयाँले बढेको कारोबार भएको सुन सोमबार र मंगलबार भने स्थीर बनेको हो । चाँदी भने आइतबारदेखि नै स्थीर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको भाउ प्रतितोला ९८ हजार रुपैयाँ र तेजावी सुनको भाउ ९७ हजार ५०० रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको भाउ पनि आज स्थीर रहेको छ । आज सोमबार चाँदी तोलाको १ हजार २७० रुपैयाँमा कारोबार भैरहेको छ । आइतबारदेखि नै चाँदीको भाउ यथावत रहेको छ ।

नेपाली बजारमा सोमबार छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँ, तेजावी सुन ९७ हजार ५०० रुपैयाँ र चाँदी तोलाको १ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८५६ र चाँदी प्रतिऔंस २१.७६ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: १० जेष्ठ २०७९, मंगलबार  १० : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।