प्रि-ओपनिङ्ग नेप्से ५ अंक बढीले बढ्यो, बलेफी हाइड्रोपावरकाे कतिमा भयाे पहिलाे काराेबार ?

0
Shares

साताको तेस्रो कारोबार दिन बुधबार प्रि ओपनिङ्ग सेसनमा नेप्से ५.२९ अंकले बढेर हरियाली छाएको छ । नेप्से ५.२९ अंकले बढेसँगै सूचक २ हजार २२२ दशमलव ४९ बिन्दुमा पुगेको छ ।

साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका ६ कम्पनी मध्ये ५ कम्पनीको भाउ बढेसँगै नेप्सेमा हरियाली छाएको हो ।

यस अवधिमा ६ कम्पनी ६ हजार ७७८ कित्ता सेयर ४ लाख ४० हजार ९१७ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

नेप्सेका अनुसार प्रि ओपनिङ्ग सेसनमा आज ६ कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये ५ कम्पनीको सेयरमूल्य बढेको छ भने कुनैपनि कम्पनीको सेयरमूल्य घटेको छैन । १ कम्पनीको मूल्य स्थीर रहेको छ ।

कारोबारमा आएकामध्ये महालक्ष्मी विकास बैंक, सिद्धार्थ बै.क, नेपाल लाइफ, नेशनल हाइड्रोपावर र स्ट्याण्डर्ड चार्टड बैंकको सेयरमूल्य २ प्रतिशतले बढेको हो । बलेफी हाइड्रोपावर कम्पनीको सेयरमूल्य भने स्थीर रहेको छ । पहिलो पटक कारोबारमा आएको यस कम्पनीको १० कित्ता सेयर १०४.७० रुपैयाँमा खरीद बिक्री भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ जेष्ठ २०७९, बुधबार  १० : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।