प्रि ओपनिङ्गमा उत्साह, नेप्से ९ अंकले बढ्यो

0
Shares

साताको चौथो कारोबार दिन बिहीबार प्रि ओपनिङ्ग सेसनमा उत्साह छाएको छ । साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका १२ कम्पनी मध्ये ९ कम्पनीको भाउ बढेसँगै नेप्सेमा हरियाली छाएको हो ।

सरकारको नीति तथा कार्यक्रम र बजेट मार्फत पूँजी बजारलाई स्म्बोधन हुने आशा लगानीकर्तामा सञ्चार हुँदा सेयर बजारमा उत्साह थपिएको छ । आज नेप्से ९.०४ अंकले बढेर हरियाली छाएको छ । नेप्से बढेसँगै सूचक २ हजार २४० दशमलव ६१ बिन्दुमा पुगेको छ ।

यस अवधिमा १२ कम्पनी ३७४ कित्ता सेयर १ लाख ८१ हजार ८९ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

नेप्सेका अनुसार प्रि ओपनिङ्ग सेसनमा आज १२ कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये ९ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको सेयरमूल्य घटेको छ । १ कम्पनीको मूल्य स्थीर रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ जेष्ठ २०७९, बिहिबार  १० : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।