.jpg)
पहेँलो धातु सुनको मूल्य नेपाली बजारमा बुधबार ४०० रुपैयाँले घटेको छ । यस्तै आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले सस्तिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको भाउ प्रतितोला ९७ हजार ८०० रुपैयाँ र र तेजावी सुनको भाउ ९७ हजार ३०० रुपैयाँ तोकिएको छ । यस्तै आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेर १ हजार २७० रुपैयाँमा कारोबार भैरहेको छ ।
बुधबार सुनको भाउ २०० रुपैयाँले बढेर प्रतितोला ९८ हजार २०० रुपैयाँ, तेजावी सुन भाउ ९७ हजार ७०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेर १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि सुनको भाउ आइतबारदेखि मंगलबारसम्म लगातार तीन दिन छापावाल सुन तोलाको ९८ हजार र चाँदी १२७० रुपैयाँमा कारोबार भएको थियो । बुधबार आएर बढेको सुनचाँदीको भाउ बिहीबार पुनः घटेको हाे ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८४३ र चाँदी प्रतिऔंस २१.७८ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया