
साताको अन्तिम कारोबार दिन शुक्रबार प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसूचक २.८६ अंकले बढेको छ । वृद्धिसँगै नेप्से २२४२.४६ बिन्दुमा पुगेको छ । नेप्से आइतबार पनि ८ अंक बढेको थियो ।
कारोबारको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका ७ मध्ये ६ वटै कम्पनीको सेयरमूल्य बढेको छ । आजदेखि कारोबारमा आएको उपकार लघुवित्तको मूल्य स्थीर रहेको छ । लघुवित्तको १० कित्ता सेयर १ हजार २११ रुपैयाँमा पहिलो कारोबार भएको छ ।
कारोबार भएका ७ कम्पनीका ४ हजार ५४२ कित्ता सेयर ११ लाख ५१ हजार ११० रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया