
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड (NICL) को सेयरमूल्य समायोजन भएको छ । कम्पनीको बोनस सेयरको बुकक्लोजसँगै नेप्सेले मूल्य समायोजन गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको ११ प्रतिशत बोनस सेयरपछिको प्रतिकित्ता ५३१.५३ रुपैयाँ सेयरमूल्य निर्धारण गरिएको छ । सोमबार कारोबार भएको अन्तिम मूल्य ५९० रुपैयाँलाई आधार मानेर नेप्सेले सेयरमूल्य समायोजन गरेको हो ।
यससँगै अब आज मंगलबार यस कम्पनीको समायोजित सेयरमूल्यलाई आधार मानेर धितोपत्रको दोस्रो बजारमा कारोबार सुचारु हुनेछ ।
कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि जेठ १७ गते मंगलबारदेखि ३० गतेसम्म सेयर दाखिल खारेजी (बुकक्लोज) गरेको हो । बुकक्लोज अनुसार जेठ १६ गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्रै कम्पनीको लाभांश पाउनेछन् ।
नेपाल इन्स्योरेन्स कम्पनीले जेठ ३० गते बिहान १० बजे, नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग, काठमाडौं ७३ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ११ प्रतिशत अर्थात १३ करोड ६६ लाख रुपैयाँ बराबरको बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ०।५७८९ प्रतिशतले हुन आउने ७१ लाख ९२ हजार रुपैयाँ नगद लाभांश पारित गर्नेछ । यस्तै कम्पनीले जारी पूँजी तथा चुक्ता पूँजी सम्बन्धि व्यवस्था संशोधन गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
सभाले सञ्चालक समितिमा संस्थापक शेयरधनी समुहबाट प्रतिनिधित्व गर्ने दुई जना र सर्वसाधारण सेयधनी समुहबाट २ जना गरी ४ जना सञ्चालकहरुको समेत निर्वाचन गर्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया