
कुमारी धनवृद्धि योजनाको इकाई ७५ प्रतिशत बिक्री भएको छ ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार मंगलबार बिहान १० बजेसम्ममा फण्डका ७ करोड ६४ लाख ७४ हजार ७१० इकाई खरीदका माग परेको हो । जुन सर्वसाधारणबाट माग गरिएको कुल बिक्री खुला भएको १० करोड २० लाख इकाईको ७४.९८ प्रतिशत हो ।
सिडिएससीका अनुसार ८० हजार ५८७ वटा आवेदन मार्फत ७६ करोड ४७ लाख ४७ हजार १०० रुपैयाँ मूल्यको ७ करोड ६४ लाख ७४ हजार ७१० इकाई खरीदको माग भएको हो ।
कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने कुमारी धनवृद्धि योजनाले जेठ १२ गतेदेखि १७ गतेसम्म एक अर्ब २० करोड बराबरको १२ करोड ईकाइ निष्काशन तथा बिक्री खुला गरेको थियो ।
योजनामा छोटो अवधिका लागि जेठ १७ गतेसम्म आवेदन गर्ने म्याद रहेकोमा आवश्यक आवेदन नपरेपछि आवेदन गर्ने म्याद जेठ २६ गतेसम्म थपिएको छ । यद्यपी, मागभन्दा बढी संख्यामा आवेदन प्राप्त भएमा सोभन्दा अगावै निष्काशन तथा बिक्री बन्द गर्न सकिने क्यापिटलले जनाएको छ ।
उक्त बन्दमुखी योजनाको आकार एक अर्ब २० करोड रुपैयाँ बराबर रहेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो।
निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत अर्थात एक करोड ८० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गरिएको हो। उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया