
विन नेपाल लघुवित्त वित्तीय संस्थाको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयरमूल्य समायोजन भएको छ । कम्पनीको बोनस सेयरको बुकक्लोजसँगै नेप्सेले मूल्य समायोजन गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको ९.३३ प्रतिशत बोनस सेयरपछिको प्रतिकित्ता ९८७.८३ रुपैयाँ सेयरमूल्य निर्धारण गरिएको छ । मंगलबार कारोबार भएको अन्तिम मूल्य १०८० रुपैयाँलाई आधार मानेर नेप्सेले सेयरमूल्य समायोजन गरेको हो । अब आज बुधबार समायोजित मूल्यअनुसार विन नेपाल लघुवित्तको सेयर कारोबारमा आउनेछ।
लघुवित्तले लाभांश र वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले जेठ १८ गते बुधबारदेखि जेठ ३१ गतेसम्म सेयर दाखि खारेजी (बुकक्लोज) गरेको हो । यसअनुसार जेठ १७ गतेसम्म सेयर कारोबार कायम रहेका सेयरधनीहरुले मात्रै लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।
लघुवित्तले लाभांश पारित गर्न जेठ ३१ गते सातौँ वार्षिक साधारण सभा आह्वान गरेको छ । सिन्धुपाल्चोकको फटकशिला–८ स्थित इन्द्रावती सामुदायिक सेवा केन्द्रमा बिहान ११ बजेबाट सभा सुरु हुनेछ।
संस्थाले गरेको साविकको नेपाल सेवा लघुवित्त र विन लघुवित्त आपसमा गाभिएपछि कायम चुक्ता पूँजी ७ करोड २४ लाख ४१ हजार ३०० रुपैयाँको सञ्चित मुनाफा ९.३३ प्रतिशतले हुन आउने बोनस सेयर वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ । बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ संस्थाले ०.५ प्रतिशत नगद लाभांश पनि प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका दस्तावेजहरु पनि अनुमोदन गर्ने प्रस्तावहरु रहेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया