प्रतिनिधि सभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७९।८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल सुरु भएको छ । २०७९ साल जेष्ठ १५ गते सभामा पेश र टेबुल भएको बजेटमाथि १७ गते मङ्गलबारदेखि छलफल सुरु भएको हो । आज बिहीबार पनि छलफल जारी छ ।
प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको उक्त वार्षिक अनुमानमाथि सांसदहरुले छलफलमा भाग लिइरहेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले यही जेठ १७, १८ र १९ गतेको समय तोक्नुभएको छ । त्यसमा उठेका प्रश्नमा जवाफ अर्थमन्त्रीले दिनेछन् । संवैधानिक व्यवस्थानुसार हरेक वर्षको जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गरिन्छ ।
अर्थमन्त्री जनार्दन शर्माले जेष्ठ १५ गते आइतबार संघीय संसदको संयुक्त सभामा प्रस्तुत बजेटमाथि प्रतिनिधि सभा बैठकमा बजेट प्रस्तुत गरेका थिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया