सुनको मूल्य उकालो लाग्दै, शुक्रबार तोलामा ९०० रुपैयाँले बढ्यो

0
Shares


पहेँलो धातु सुनको मूल्य नेपाली बजारमा पुनः बढ्न थालेकाे छ । बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको हो । बिहीबार पनि सुन बिहीबार ४०० रुपैयाँले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार सुनको मूल्य ९०० रुपैयाँले बढेर छापावाला सुनको भाउ प्रतितोला ९८ हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुनको भाउ ९८ हजार रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको भाउ २५ रुपैयाँले बढेर तोलाको १ हजार २९० रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाली बजारमा बिहीबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर तोलाको ९७ हजार ६०० रुपैयाँ र तेजावी सुनको भाउ ९७ हजार १०० रुपैयाँमा खरीद बिक्री भएको थियो । यस्तै चाँदीको भाउ १५ रुपैयाँले बढेर तोलाको १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८६८ र चाँदी प्रतिऔंस २२.३५ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २० जेष्ठ २०७९, शुक्रबार  १० : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।