
हिमालयन बैंकको सेयर कारोबार एक वर्षपछि खुला भएको छ । मर्जरका कारण एक वर्ष बढी कारोबार रोक्का भएर खुला भएको बैंकको सेयर कारोबारको १५ मिनेटमा नै दश प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
कारोबारको १५ मिनेटमा नै सर्किट मूल्यमा बिक्री चाप उच्च देखिएको छ । यस अवधिमा ६८ आदेश मार्फत १४ हजार ४६४ कित्ता सेयर १० प्रतिशत घटेको मूल्यमा बिक्रीमा राखिएको छ । खरीद आदेशतर्फ कुनै पनि रहेको छैन ।
नेपाल इन्भेष्टमेन्टको बैंकसँग मर्जर सम्झौतापछि २०७८ वैशाख ३० गते अन्तिम पटक कारोबार भएर रोक्का भएकाको बैंकको सेयर कारोबार २०७९ जेठ २३ गते सोमबार खुला भएको हो ।
बैंकको आधारभुत बाहेक अन्य साधारण सेयरधनीहरूको सेयर कारोबार खुला भएको हो । राष्ट्र बैंकले सेयर खुला गर्न दिएको निर्देशनको पत्र बैंकले नेप्सेमा पेश गरेपछि कारोबार खुला भएको हो ।
नेपाल इन्भेष्टमेन्टको बैंकसँग मर्जर गर्न लागेका कारण २०७८ वैशाख ३० गतेमा अन्तिम पटक बैंकको कारोबार भएको थियो। सो समय बैंकको सेयर ४८४ रूपैयाँमा कारोबार भएको थियो ।
राष्ट्र बैंककै पहलमा हुन लागेको इन्भेष्टमेन्ट हिमालयन मर्जरमा हिमालयन बैंकका सञ्चालकहरूले साथ दिएका थिएनन् ।
हिमालयन र इन्भेष्टमेन्ट बैंकको आधारभूत सेयर (संस्थापक) रोक्का राख्ने र सर्वसाधारण समूहको सेयर कारोबार खुल्ला गरिदिने निर्णय राष्ट्र बैंक सञ्चालक समितिले यसअघि नै निर्णय गरेको थियो । सो निर्णयसँगै करिब १ वर्षदेखि रोक्का रहेको इन्भेष्टमेन्ट बैंकको साधारण तफृको सेयरको कारोबार भनेयसअघि नै खुला भैसकेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया