कर्णाली प्रदेशले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

0
Shares

कर्णाली प्रदेश सरकारले आज आर्थिक वर्ष २०७९।८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ ।

सरकारका तर्फबाट प्रदेश प्रमुख तिलक परियारले प्रदेश सभामा नीति तथा कार्यक्रम पेस गर्नेछन् । नीति तथा कार्यक्रम पारित गरेर असार १ गते बजेट ल्याउने तयारी प्रदेश सरकारको छ ।

प्रदेश सरकारले आगामी वर्ष नयाँ र दीर्घकालीन महत्वका आयोजना प्रस्ताव गर्दा सोको विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय अध्ययनको आधारमा वहुवर्षीय आयोजनाको रुपमा स्वीकृत गरी कार्यान्वयन गर्ने नीति पनि लिएको छ ।

यस्तै यो पटक लोकप्रियभन्दा पनि कार्यान्वयनमुखी योजना मात्रै बजेटमा समावेश गर्ने तयारी सरकारको छ । विगतका बजेटबाट पाठ सिक्दै नयाँ योजना थप्नेभन्दा अधुरा आयोजना कार्यान्वयन गर्ने नीति पनि बजेटले लिने भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २४ जेष्ठ २०७९, मंगलबार  १० : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।