एनसीसी बैंककाे ८ लाख ८८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

0
Shares

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड ( एनसीसी) ले आजदेखि संस्थापक समूहको ८ लाख ८० हजार कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले जेठ २४ गते बिक्रीमा राखेको उक्त सेयर खरीद गर्न विद्यमान संस्थापक तथा अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले असार ७ गते दिउँसो ३ बजेसम्म बोलपत्र बुझाई सक्नुपर्नेछ ।

बिक्रीमा राखिएको सो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४१ रुपैयाँ तोकिएको छ । यसअनुसार न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेस गर्नुपर्नेछ । बोलकबोलमा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । बैंकको संस्थाक सेयर अन्तिम पटक प्रतिकित्ता १२३ रुपैयाँमा खरीद बिक्री भएको छ ।

बैंकको धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको काठमाण्डौ कमलपोखरीस्थित कार्यालयमा इच्छुक लगानीकर्ताले शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ जेष्ठ २०७९, मंगलबार  १० : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।