नारायणी डेभलपमेन्ट बैंकले तेस्रो पटक शतप्रतिशत हकप्रद बेचेर सेयरधनीबाट रकम उठाउने

0
Shares

नारायणी डेभलपमेन्ट बैंकले चुक्ता पूँजी कायम गर्न फेरि एक बराबर एक अनुपातमा सेयरधनीलाई हकप्रद बेच्ने भएको छ ।

यसअघि दुई पटक शतप्रतिशत हकप्रद बिक्री गरेर सेयरधनीलाई लगानी थप्न लगाएको यस बैंकले फेरि एक पटक शतप्रतिशत हकप्रद जारी गरेर रकम उठाउने भएको हो ।

बैंकले हकप्रद जारी गर्ने मुख्य अजेन्डा राखेर बैंकले आगामी असार ८ गते विशेष साधारण सभा डोकेको छ । बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले चितवनको टाँडीस्थित होटेल पौवा (होटेल स्टार चितवन) मा बिहान ११ बजे विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो ।

विशेष साधारण सभामा हाल बैंकको कायम चुक्ता पूँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँको १ः१ अनुपातमा हकप्रद सेयरी जारी गरी चुक्ता पूँजी ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव रहेको छ ।

यसैगरी हकप्रद बिक्रीपछि चुक्ता पूँजी वृद्धि हुने भएकाले बैंकको चुक्ता पूँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ ।

सभा प्रयोजनका लागि बैंकले जेठ ३० गते एक दिन सेयर दाखि खारेजी (बुकक्लोज) गर्ने मिति तोकेको छ । बुकक्लोज अघिल्लो कारोबार दिन (जेठ २७ गते शुक्रबारसम्म) नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरुले मात्रै बैंकको विशेष साधारण सभामा भाग लिन पाउनेछन् ।

बैंकले यसअघि २०७८ पुस ७ देखि माघ १२ गतेसम्म एक बराबर एक अनुपातमा १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँको हकप्रद सेयर बिक्री गरेको थियो । सोभन्दा अघि २०७७ माघ १३ देखि फागुन ३ गतेसम्म पनि बैंकले ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँको हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

समस्याग्रस्तबाट मुक्त भएको यस बैंकले दुई पटक हकप्रद जारी गरीसकेको बैंकले बोनस बाँड्न नसक्दा पटक पटक सेयरधनीबाट हकप्रद बिक्री गरेर रकम असुली गरेको थियो । बैंकले हाल लैजान लागेको प्रस्ताव अनुरुपको हकप्रद बिक्री गर्ने हकप्रदपछि भने राष्ट्र बैंकले तोकेको न्यूनतम ५० करोड चुक्ता पूँजी कायम गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २४ जेष्ठ २०७९, मंगलबार  ११ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।