विन्ध्यावासिनी हाइड्रोपावरमा आईपीओ आवेदक साढे १५ लाख पुगे, १३.५६ गुणा बढी माग

0
Shares

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा मंगलबार साँझ साढे ५ बजेसम्ममा १३ लाख ४१ ह्जार ८३७ वटा आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार मंगलबारउक्त अवधिमा उल्लेखित आवेदकबाट १ अर्र्ब ८५ करोड २ लाख ६९ हजार रुपैयाँ मूल्यको १ करोड ८५ लाख २ हजार ६९० कित्ता सेयरका लागि खरिद आवेदन परेको हो ।

यो सर्वसाधारणबाट माग गरिएको १३ लाख ६५ हजार १३.५६ गुणा बढीले ओभर सब्सक्राइब्ड भएको हो ।

कम्पनीले कम्पनीले जेठ २० गतेदेखि अंकित मूल्य १०० दरका १५ लाख कित्ता आईपीओ निष्कासन गरेकोमध्ये ६० हजार कित्ता कर्मचारीहरुका लागि र ७५ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरि १३ लाख ६५ हजार कित्ता खरीदका लागि सर्वसाधारणबाट आवेदन मागेको थियो ।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने भएको छ। गोलाप्रथाबाट भाग्यमानी १ लाख ३६ हजार ५०० जनाले १० कित्ताका दरले सेयर पाउनेछन्।

आईपीओमा भोलि भदौ २५ गते बुधबार कार्यालय समयभित्र इच्छुक आवेदन दिइसक्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि माग गर्न सक्नेछन्।

सीडीएससीको मेरो सेयर मोबाइल एप तथा वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरुबाट आईपीओमा आवेदन दिन सकिनेछ ।

कम्पनीले कास्कीको मिजुरेडाँडा क्षेत्रमा ८.८ मेगावाटका रुदी खोला ‘ए’ तथा लमजुङको पासगाउँ क्षेत्रमा ६.६ मेगावाट क्षमताको रुदीखोला ‘बी’ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २४ जेठ २०७९, मंगलबार  १८ : ४४ बजे