एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले निष्काशन गरेको १० करोड इकाईका लागि सर्वसाधारणबाट ९ करोड ७३ लाख १२ हजार २३० एकाईको खरीदको लागि आवेदन परेको छ ।
फण्डले प्रति इकाई मूल्य १० अंकित दरको १० करोड इकाई जेठ १९ गतेदेखि जेठ २४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । उक्त अवधिमा संस्था/सर्वसाधारणहरुबाट ८ करोड ५० लाख एकाईका लागि माग गरेको माग आवेदन भन्दा ११४.४८ प्रतिशत बढी आवेदन प्राप्त एनआईसी क्यापिटलले जनाएको छ । योजनाको एकाई खरिद गर्नका लागि जेठ २५ गते बैंकिङ्ग समय सम्म आवेदन दिन सकिने व्यवस्था थियो ।
बुधबार बैंकिङ्ग समयसम्म मागभन्दा बढी आवेदन परेसँगै एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको आकार १ अर्बबाट वृद्धि हुने भएको छ । अन्तिम दिनसम्म योजना प्रवद्र्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरिएको फण्ड सहित कुल १ करोड १५ लाख हाराहारीमा एकाई खरीदको माग भएकाले योजनाको आकार पनि एक अर्ब १५ करोड बराबर पुगेको छ ।
एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यस एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड सात वर्ष अवधि रहेको चौथो बन्दमुखी योजना हो । योजनामा संकलित अधिकांश रकम धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गरिने छ ।
उक्त योजनाको प्रमुख विषेशता भनेको योजनामा संकलित रकम सूचिकृत कम्पनीहरुमा लगानी गर्दा सूचिकृत कम्पनीहरुलाई स्मल क्याप, मिड क्याप र लार्ज क्याप गरी तीन समूहमा वर्गिकरण गरी जुन क्याप भित्र रहेका कम्पनीहरुबाट भविष्यमा राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ सोही समूह अन्तर्गतका कम्पनीहरुमा लगानी गरिन्छ ।
उक्त योजनाको न्यूनतम १०० इकाई र अधिकतम १ करोड इकाईसम्मको लागि खरिद आवेदन दिन सकिन्छ भने इकाई खरिदको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्वा सेवामा सहभागी सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुको शाखा कार्यालय र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको “मेरो शेयर” सफ्टवेयर मार्फत आवेदन दिनुपर्नेछ ।
उक्त फण्डमा लगानी गर्ने इकाईधनीहरुलाई योजनाको अवधिभरमा १३६ प्रतिशत भन्दा बढी प्रतिफल वितरण गरिने प्रक्षेपण गरिएको छ ।
इकाई खरीदका लागि नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र ९परिचय पत्र० जारी भएका व्यक्ति, प्रचलित कानून बमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरु जस्तै सञ्चय कोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष आदिले इकाई खरिद गर्न आवेदन दिन सक्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया