कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि प्रतिसेयर १०० अंकित दरका २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँ मूल्यको २१ लाख ९५ हजार ५०९ कित्ता साधारण बिक्रीमा ल्याएको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुबाट अवितरित भएको २ लाख ९७ हजार ८४० कित्ता सहित सो संख्याको आईपीओ बिक्री खुला गरेको हो ।
यस जलविद्युत कम्पनी निष्काशन गर्ने कुल आईपीओमध्ये पाँच प्रतिशत अर्थात १ लाख ९ हजार ७७५ कित्ता सेयर सामूहिक लगानी कोषका इकाईहरुलाई तथा तीन प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको २० लाख १९ हजार ८३९ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले जेठ ३१ गतेसम्म मेरो सेयरको मोबाइल एप तथा वेबसाइट, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।
सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतममा १७ लाख कित्तासम्म सेयरका लागि आवेदन दिन पाउने व्यवस्था रहेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।
आईपीओ निष्काशनका लागि कम्पनीले क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालबाट साख मूल्याङ्कन गराएको छ । जसमा इक्रा नेपाले कम्पनीको आईपीओलाई ‘इक्रा एनपी आईआर डबल बी माइनस’ रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्थाहरुमा दायित्व बहन गर्ने क्षमता औषत जोखिम रहेको संकेत गर्दछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया