सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो, चाँदीको भाउ यथावत

0
Shares


पहेँलो धातु सुनको मूल्य नेपाली बजारमा बुधबारको तुलनामा ५०० रुपैयाँले वृद्धि भएको छ । चाँदीको भाउ भने आज यथावत रहेर बुधबारकै भाउमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार छापावाला सुनको भाउ प्रतितोला ९८ हजार रुपैयाँ तथा तेजावी सुनको भाउ ९७ हजार ५०० रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको भाउ १ हजार २८० रुपैयाँ निर्धारण गरिएको छ ।

महासंघका अनुसार बुधबार भाउ स्थीर हुँदै छापावाला सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँ तथा तेजावी सुनको भाउ ९७ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै हिजो चाँदीको भाउ १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८५५ र चाँदी प्रतिऔंस २२.१३ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

मंगलबार सुनको मूल्य ६०० रुपैयाँले घटेर बुधबारकै भाउमा कारोबार हुँदा चाँदी १५ रुपैयाँ सस्तिँदै १ हजार २७५ मा कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २६ जेष्ठ २०७९, बिहिबार  ११ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।