नेपाल लाइफ इन्स्योरेन्सको १ करोड कित्ता बोनस सेयर सूचीकृत

0
Shares


नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

बिहीबार कम्पनीको चुक्ता पूँजीको १४ प्रतिशतले हुन आउने १ करोड ७९ हजार ९५८ दशमलव ९३ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।

कम्पनीको २०७८ चैत २१ गते सम्पन्न २१ औं वार्षिक साधारण सभाबाट एक्त बोनस सेयर पारित भएको थियो । सोही भुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

बिहीबार सूचीकृत भएको उक्त बोनस सेयर साधारण सभाका लागि बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

नेपाल लाइफले लाभांश तथा साधारण सभा प्रयोजनार्थ चैत्र ७ गते सोमबार सेयर दाखिल खारेजी (बुकक्लोज) गरेको थियो । बुकक्लोज अनुसार चैत्र ६ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम सेयरधनीले मात्रै लाभांश पाउन योग्य हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: २६ जेठ २०७९, बिहीबार  १२ : ३६ बजे