सुनको मूल्यमा आइतबार उच्च वृद्धि, प्रतितोला ९९ हजार माथि पुग्यो

0
Shares

पहेँलो धातु सुनको मूल्य नेपाली बजारमा शुक्रबारको तुलनामा आज आइतबार तोलामा १ हजार ५०० रुपयाँले बढेको छ । यस्तै चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९९ हजार २०० रुपैयाँ तथा तेजावी सुनको भाउ ९८ हजार ७०० रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको भाउ पनि १५ रुपैयाँले बढेर तोलाको १ हजार २८० रुपैयाँ पुगेको छ ।

नेपाली बजारमा शुक्रबार छापावाला सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँ, तेजावी सुन ९७ हजार २०० रुपैयाँ र चाँदी १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८७२ र चाँदी प्रतिऔंस २२.८९ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ जेष्ठ २०७९, आइतबार  ११ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।