सुनको मूल्य मंगलबार १ हजार ८०० रुपैयाँले घट्यो

0
Shares

सुनको मूल्य नेपाली बजारमा मंगलबार तोलामा १ हजार ८०० रुपैयाँले घटेको छ ।

सोमबारको तुलनामा आज छापावाल सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँले घटेर मंगलबार प्रतितोला ९७ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी महासंघका अनुसार आज मंगलबार तेजावी सुनको मूल्य पनि १ हजर ८०० रुपैयाँले सस्तिँदै ९६ हजार ६०० रुपैयाँ भाउ तोकिएको छ । आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर १ हजार २४५ रुपैयाँमा कारोबार भएको छ ।

नेपाली बजारमा सोमबार छापावाला सुन प्रतितोला ९८ हजार ९०० रुपैयाँ तथा तेजावी सुनको भाउ ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ तोलाको १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८२६ र चाँदी प्रतिऔंस २१.१९ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३१ जेठ २०७९, मंगलबार  १० : ५६ बजे