आयोजना प्रभावितका लागि सयपत्री हाइड्रोपावरको ‘आईपीओ’ बिक्री खुला

0
Shares

सयपत्री हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० अङ्कित दरमा ३ करोड मूल्य बराबरको ३ लाख कित्ता प्राररम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बिक्री खुला गरेको हो ।

आयोजना प्रभावित बागलुङको ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाका बासिन्दाका लागि साधारण सेयरको बिक्री खुला गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका स्थानीय प्रतिनिधि जीवन बस्नेतले सेयर खरिदका लागि यही असार १६ गतेसम्म आवेदन दिन सकिने बताए । सो अवधिमा मागअनुसार आवेदन नपरे असार ३० गतेसम्मलाई म्याद थप हुनसक्ने उनको भनाइ छ । न्यूनतम १० देखि ३० हजार कित्तासम्म सेयर खरिदका लागि दरखास्त दिन सकिने कम्पनीले जनाएको छ ।

स्थानीयबासीले ग्लोबल आइएमई बैंकको बागलुङ शाखा, गलकोट शाखा, प्रभु बैंकको गलकोट शाखा र ताराखोला शाखाबाट शेयर खरिदका लागि आवदेन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दा भएको प्रमाणित गर्ने स्थानीय तहबाट जारी कागजातलाई अनिवार्य समावेश गरी दरखास्त बुझाउनुपर्ने जनाइएको छ।

कम्पनीले ताराखोला गाउँपालिका–३ मा साढे दुई मेगावाटको ‘दरमखोला–ए जलविद्युत् आयोजना’ निर्माण गरेको छ । कुल ५१ करोड रूपैयाँको लागतमा बनेको उक्त आयोजनामा ७५ प्रतिशत लगानी गैरआवासीय नेपालीको छ । निजी क्षेत्र र स्थानीयबासीले पनि आयोजनामा लगानी गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ असार २०७९, शुक्रबार  ११ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।