बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) असार ३ गते शुक्रबार (आज) दिउँसो बाँडफाँड भएको छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालय नक्सालमा अपराह्न ३ बजे सेयर बाँडफाँड गरिन लागिएको हो ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम कम्पनीको आईपीओ १ लाख ३६ हजार ५०० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले पाउनेछन् ।
कम्पनीले जेठ २० गते शुक्रबारदेखि २५ गतेसम्म प्रतिसेयर १०० अंकित मूल्यका १५ लाख कित्ता बिक्रीमा ल्याएको थियो । जारी सेयरमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका इकाईलाई बाँडफाँड गरी १३ लाख ६५ हजार कित्ताका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो ।
आईपीओमा अन्तिम दिनसम्ममा १८ लाख ४५ हजार ६७ जना आवेदकबाट २ अर्ब १९ करोड ३५ लाख १ हजार रुपैयाँ बराबरको २ करोड १९ लाख ३५ हजार १० कित्ता सेयरको लागि आवेदन परेको थियो । जुन सर्वसाधारणबाट माग गरिएको सेयर संख्या १३ लाख ६५ हजार कित्ताको १६.०७ गुणा हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया