शुक्रबार पनि सेयर बजार राताम्मे भएको छ । बिहीबार केही सुधार भएपनि शुक्रबार पुनः बजार ओरालो लागेको हो ।
असारपछि पहिलो पटक शुक्रबार दैनिक २ घण्टा खुलेको बजार सूचक ७.५६ अंकले घटेर १९७१.३८ बिन्दुमा झरेर रोकिएको छ ।
आज पहिलो पटक बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सेयर कारोबार भएको हो । यसअघि सरकारले आइतबार विदा दिएपछि शुक्रबार पनि पूरा ४ घण्टा नै सेयर खरीद बिक्री हुँदै आएको थियो ।
नेप्सेको समय तय अनुसार आज पहिलो पटक दिउँसो १ बजे बन्द भएको सेयर बजारको कारोबार निराशाजन भएको हो । नेप्सेको जेठ २५ गते सम्पन्न सञ्चालक समितिको बैठकले आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि १ बजेसम्म र शुक्रबार बिहान ११ बजेदेखि १ बजेसम्म सेयर कारोबार खुला गर्ने निर्णय गरेको थियो । यो निर्णयसँगै ६ दिन सेयर कारोबार खुल्नेछ ।
शुक्रबार २२० कम्पनीको २३ लाख ५५ हजार १ कित्ता सेयर १५ हजार १६३ वटा संख्यामा किनबेच हुँदा कारोबार रकम ७३ करोड ६३ लाख १२ हजार १५७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका १३ उपसमुहगत सूचकमध्ये शुक्रबार म्युचअल फन्ड बाहेक सबै उपसमूहगत सूचक घटेको छ । जसमा सबैभन्दा धेरै जलविद्युतको सूचक ०.८२ प्रतिशतले घटेको छ ।
शुक्रबार आँधीखोला लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेर ५९६.७० रुपैयाँ पुगेको छ । सीवाईसी नेपाल लघुवित्तको मूल्य ४.०२ प्रतिशत, लुम्बिनी जनरल इन्स्योरेन्स ३.४६, सानिमा लाइफ इन्स्योरेन्सको मूल्य ३.०६ प्रतिशत र प्रिमियर इन्स्योरेन्सको २.५६ प्रतिशतले सेयरमूल्य बढेको छ ।
बिहीबारबाट कारोबारमा आएर हिजो सकारात्मक सर्किट लागेर सेयरमूल्य बढेको रिभर फल्स पावरको सबैभन्दा धेरै ५।९३ प्रतिशतले सेयरमूल्य घटेको छ । कम्पनीके सेयर अन्तिम पटक प्रतिकित्ता २७३ रुपैयाँमा झरेको छ ।
बुद्धभूमि नेपाल हाइड्रोको मूल्य ४.६४ प्रतिशत, सिंगटी हाइड्रोपावर ४.३४ प्रतिशत, गणपति हाइड्रोपावर ३.८९ र माउन्टेन हाइड्रोपावरको सेयरमूल्य ३.८७ प्रतिशतले बढेको छ ।
आज नेपाल टेलिकमको सबैभन्दा धेरै १० करोड १४ लाख ७० हजार रुपैयाँ कारोबार भएको छ । सेञ्चुरी बैंकको ६.४८ करोड, एनसीसी बैंकको ४.०९ करोड, कुमारी बैंक २.८६ करोड र लुक्ष्मी र एनआईसी एशिया बैंकको २.२६ करोडको सेयर कारोबार भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया