आदर्श लघुवित्तको आईपीओमा आइतबारसम्म मात्र आवेदन दिन सकिने

0
Shares

आदर्श लघुवित्तको आईपीओमा असार ५ गते आइतबारसम्म मात्र आवेदन दिन सकिने भएको छ । 
 
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडका अनुसार साधारण सेयरको सार्वजनिक निष्काशन तथा बिक्री बन्द आइतबारै हुने भएको छ ।
 
नेपाल सरकारले आइतबारको सार्वजनिक बिदा कटौती गरेकोले चार कारोबार दिन आइतबार पुग्ने भएकाले सो दिनसम्म मात्र सार्वजनिक निष्काशन खुला हुन लागेको हो । 
 
यसअघि बिक्री प्रबन्धक बिओके क्यापिटलले सरकारले आइतबारको सार्वजनिक बिदा सूचनालाई आधिकारिक मानी आइतबार विदा रहेकाले जेठ २३ मा आह्वानपत्र प्रकाशित गरेको थियो । सो सूचनामा आईपीओ निष्काशन तथा बिक्री बन्द हुने मिति छिटोमा असार ६ गते उल्लेख थियो । विदा कटौतिसँगै आवेदन समय पनि एक दिन घटेर आइतबारै आईपीओ निष्काशन बन्द हुन लागेको हो । 
 
असार १ गतेदेखि सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सेयरमा छिटो अवधिमा नै सर्वसाधारण आवेदकहरुबाट माग गरे भन्दा बढि सेयर खरीदका लागि आवेदन प्राप्त हुन आएकोले असार ५ गते बैंकिङ्ग समय पश्चात् सो सेयरका लागि आवेदन लिने कार्य बन्द गरिने क्यापिटलले जनाएको छ । 
कटौती गरेकोले यो निष्काशन कार्यमा संलग्न सम्पूर्ण संकलन केन्द्रहरु, आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुलाई समेत आइतबार कार्यालय  समयसम्म मात्र साधारण सेयरका लागि दरखास्त बुझिलिने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।
 
आदर्श लघुवित्तले प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरका ६७ हजार कित्ता मध्ये  जारी पुँजीको ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुको लागि तथा ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता साधारण सेयर सामुहिक लगानी कोषहरुको लागि सुरक्षित गरी बाँकी ६२ हजार ६१५ कित्ता साधारण सेयर खरीदका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।
 
शुक्रबार कार्यालय समय अर्थात पौने २ बजेसम्ममा  कम्पनीको आईपीओ खरिदका लागि १० लाख ६० हजार ६८२ वटा आवेदनबाट १ करोड २१ लाख कित्ता ३८ हजार ४२० कित्ता सेयरको माग परेको छ  । जुन सर्वसाधारणबाट माग भएको सेयर संख्याको १९३.८६ गुणा बढी हो ।
 
?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ असार २०७९, शनिबार  १८ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।