रिलायन्स लाइफले ‘एसजीएम’ बाट मर्जरमा जाने बाटो खोल्ने

0
Shares

रिलायन्स लाइफ इन्स्योरेन्सले मर्जर तथा एक्वीजिशनमा जाने बाटो खुला गर्न असार २० गते विशेष साधारण सभा (एसजिएम) डाकेको छ ।

अनमोल बैंक्वेट शंखमुलमा बिहान ११ बजे बोलाइएको कम्पनीको उक्त सभाले रिलायन्स र अन्य कुनै जीवन बीमा कम्पनीसँगै मर्जर अथवा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।

यस्तै सभाले कम्पनीको अधिकृत पूँजी वृद्धि गर्ने, पूँजी वृद्धि एवं अन्य व्यवस्थाहरु समावेश गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र उक्त संसोधन उपर नियमनकारी निकायबाटै कुनै सुझाव वा निर्देशन भएमा सो अनुसार सामावेश गर्न सञ्चालन समितिलाई अख्तियारी प्रदान गर्ने एजेण्डा सभामा छ ।

इन्स्योरेन्सले विशेष साधारण सभा प्रयोजनार्थ असार १० गते एक दिन बुकक्लोज गर्ने भएको छ । बुकक्लोज अनुसार असार ९ गते सम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरुले मात्र एसजिएममा सहभागिता जनाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ असार २०७९, आइतबार  १२ : ५९ बजे