राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालकमा कृष्णचन्द्र काफ्ले नियुक्त भएका छन् । काफ्ले अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक नियुक्त भएका हुन् ।
नेपाल सरकार अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको जेठ २६ गते पत्र पठाउँदै उपसचिव कृष्णचन्द्र काफ्लेलाई अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक सदस्य मनोनयन गरिएको व्यहोरा सहितको पत्र पठाएपछि सोही अनुसार कम्पनीले नयाँ सञ्चालक नियुक्त गरेको हो ।
नवनियुक्त सञ्चालक काफ्लेलाई सञ्चालक समितिका अध्यक्ष उमेश चन्द्र उपाध्यायले असार २ गते बसेको सञ्चालक समितिको २८७ औ बैठकमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया