पिपुल्स पावर लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले पहिलो चरणमा आफ्नो जारी पूँजी ६३ करोड २६ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख ३२ हजार ६०० कित्ता शेयर निष्काशन गरेको हो। 
सोमध्ये इलाम जिल्ला इलाम नगरपालिका वडा नं. १ र ४ अति प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १ लाख ८९ हजार ७८० कित्ता र सो बाहेकको इलाम जिल्लाका बासिन्दाहरुका लागि ४ लाख ४२ हजार ८२० कित्ता शेयर बाँडफाँट गरिनेछ।
लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
उक्त आईपीओमा आवेदकले असार २२ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म पूर्ण आवेदन नपरेमा साउन ५ गतेसम्म आवेदन दिने समय थप गरिने छ ।
उक्त आईपीओमा लगानीकर्ताले नेपाल बंगलादेश बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर र इलाम शाखा, ग्लोबल आइएमई बैंकको फिक्कल र इलाम शाखा, प्राइम कमर्शियल बैंकको राँके, मंगलबारे, वितौले, तिन घरे र इलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन्।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जेठ २७ मा शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो । बोर्डले कम्पनीलाई आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि ३१ करोड बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति प्रदान गरेको हो ।
पिपुल्स पावरले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोला दोस्रोमा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ८० प्रतिशत बढी सम्पन्न भइसकेको छ ।
पुवा दोस्रो जलविद्युत आयोजना निमार्ण गरिरहेको आयोजना सञ्चालक कम्पनी पिपल्स पावर लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद बिक्री सम्झौता भईसकेको छ। प्राधिकरणले कम्पनीसँग बर्षायामको ६ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायाममा ८ रुपैयाँ ४० मा विद्युत खरिद गर्ने सम्झौता छ।
९० करोड अनुमानित लागतमा आयोजना निमार्ण थालिएको हो। जसमा नेपाल बंगलादेश बैंकले ६० करोड ऋण लगानी गरेको छ भने र प्रबद्र्धकहरुको तर्फबाट ३० करोड स्वपूँजी लगानी रहनेछ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया