प्रिमियर इन्स्योरेन्सको ५ लाख ३८ हजार ९६५ कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
इच्छुक लगानीकर्ताहरुले असार ८ गते बुधबार कार्यालय समयभित्र लिलामी भर्न सक्नेछन् । लिलामी सेयरको न्यूनतम भाउ ३५० रुपैयाँ तोकिएको छ ।
लगानीकर्ताले ३५० रुपैयाँ वा सो भन्दा बढी मूल्य अंकित गरेर बोलपत्र पेश गर्न सक्नेछन् । न्यूनतम ५०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
लिलामी सेयरका लागि इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् ।
बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल बबरमहल, काठमाण्डौंमा पुग्नेगरी गोप्य शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया