स्वास्थ्य बीमा अन्तर्गत सरकारले दिनुपर्ने दाबी भुक्तानी रकम नपाएपछि झापा र मोरङका दुई ठूुला अस्पतालले सेवा बन्दको घोषणा गरेका छन् ।
झापाको बिर्तामोडको बीएन्डसी र विराटनगरको नोबेल मेडिकल कलेजले असार २० गतेदेखि सरकारी स्वास्थ्य बीमाको कार्ड लिएर आउनेलाई उपचार सेवा रोक्ने घोषणा गरेका हुन्। भुक्तानी नपाएकै कारण यसअघि टिचिङ अस्पतालले पनि उक्त सेवा बन्द गरेको थियो ।
आफुहरुले न्युनतम शुल्कमा सेवा दिनुपर्ने अवस्थामा सरकारले लामो समयसम्म दाबी भुक्तानी नदिएपछि उपचार सेवा बन्द गर्नुपरेको ती अस्पतालले जनाएका छन्।
काठमाडौंमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बीएन्डसी मेडिकल कलेज बिर्तामोडका सञ्चालक दुर्गा प्रसाईले २ वर्षदेखि दाबी भुक्तानी रोकिँदा ४५ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको बताए ।
विराटनगरमा सुनिल शर्माले चलाएको शिक्षण अस्पताल नोबेल मेडिकलल पनि सरकारबाट भुक्तानी नपाएको बताएको छ । अस्पताका व्यवस्थापन प्रतिनिधि भीमबहादुर चन्दले सरकारले ५४ करोड ३८ लाख रुपैयाँ दाबी भुक्तानी दिन बाँकी रहेको बताए ।
स्वास्थ्य बीमा बोर्डका अनुसार स्वास्थ्य बीमा ऐन अन्तर्गत सरकारले तोकेका सरकारी सामुदायिक र निजी अस्पतालमा बीमकको उपचार हुन्छ । प्रदेश १ को झापामा सबैभन्दा बढी ५ लाख बढी जनसंख्याले स्वास्थ्य बीमा गराएका छन्।
बीमा योजना राम्रो भएपनि सरकारले अस्पतालहरुको भुक्तानी रोकेर स्वास्थ्य बीमाको योजनालाई असफल बनाउने बाटोमा लगेको उनीहरुको भनाई छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया