सिद्धार्थ बैंकको ४ अर्बको ऋणपत्रमा आवेदन खुल्यो

0
Shares

सिद्धार्थ बैंक लिमिटेडले असार १० गतेदेखि प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गरेको छ ।

बैंकले लगानीकर्तालाई वार्षिक १०.७५ प्रतिशत ब्याजदर दिनेगरी उक्त ‘एसबिएल डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गरेको हो । ऋणपत्रको अवधि १० वर्ष रहेको छ ।

लगानीकर्ताले ऋणपत्र खरिदका लागि छिटोमा असार १४ गतेसम्ममा आवेदन सक्नेछन् । सो अवधिसम्ममा सबै बिक्री नभएको खण्डमा भने असार २४ गतेसम्म बिक्री खुला रहने बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले जनाएको छ ।

लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था छ ।

कुल जारी भएको ऋणपत्रको ४० प्रतिशत अर्थात १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता (८० हजार कित्ता सामूहिक लगानी कोषका लागि समेत) सर्वसाधारणलाई बिक्री खुला गरिएको हो । बाँकी ६० प्रतिशत अर्थात २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई मध्यम मात्रामा सुरक्षा तथा प्रतिकुल प्रभाव सहित सुक्ष्म निगरानी जनाउने इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० असार २०७९, शुक्रबार  १० : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।