नेप्से १३ अंकले बढ्यो, दुई घण्टामै कारोबार सवा एक अर्बमाथि

0
Shares

सेयर बजार मापक सूचक नेप्से १३.७८ अंकले बढेर १८६२.०६ बिन्दुमा पुगेको छ । कारोबारको सुरुमा नेप्से घटेको भएपनि धितोपत्र बोर्ड लगानीकर्ताका माग कार्यान्वयन गर्न सहमत भएपछि नेप्सेमा दोहोरो अंकको वृद्धि भएको हो । ठूला कम्पनीहरुको सूचक मापक सूचक सेन्सेटिभ इन्डेक्स २.८१ अंकले बढेर ३६४.९० विन्दुमा पुगेको छ ।

आन्दोलनरत लगानीकर्ता र नियामक निकाय नेपाल धितोपत्र बोर्डबीच पुँजी बजारका समस्या समाधान गर्ने सहमति गर्दै १९ बुँदे सम्झौतापछि बजार सकारात्मक भएको हो ।

लगानीकर्ताका ३ र धितोपत्र बोर्डका २ गरी पाँच सदस्यीय कार्यान्वयन कमिटी गठन गरेको छ । बोर्डका अध्यक्ष रमेश हमालले आइतबारबाटै बजार सुधारका कार्यक्रम अघि बढ्ने जानकारी दिएका छन् ।

नेपाल स्टक एक्सचेञ्जले असारदेखि शुक्रबार समेत कारोबार गर्दै आएको छ । सातामा ६ दिन कारोबार हुन थालेपछिको आज दोस्रो शुक्रबार हो । नेप्सेमा शुक्रबार २ घण्टा सेयर कारोबार हुने गरेको छ । यस दिन २२३ कम्पनीको ३५ लाख ४१ हजार ५३७ कित्ता सेयर १ अर्ब १५ करोड १२ लाख ८ हजार रुपैयाँभन्दा बढीमा खरीद बिक्री भएको छ ।

आजको कारोबारमा म्युचुअल फन्डबाहेक बाँकी सबै १२ वटामा हरियाली छाएको छ । वित्त समूह सर्वाधिक १.९१ प्रतिशतले उकालो लागेको छ । विकास बैंक समूह १.८८, निर्जीवन बीमा समूहमा १.७३ प्रतिशत, जीवन बीमा १.४९, जलविद्युत १.१९, होटेल तथा पर्यटन १.०७, अन्य ०.९०, लघुवित्त ०.८०, उत्पादन तथा प्रशोधन ०.६५, लगानी ०.४५, व्यापार ०.२१ र बैंकिङ उपसमूहमा ०.१८ प्रतिशतको बढोत्तरी भएको छ । म्युचुअल फन्ड समूह ०.६७ प्रतिशतले ओरालो लागेको छ ।

कुमारी बैंकको सर्वाधिक ८ करोड ६३ लाख रुपैयाँभन्दा बढीको सेयर खरीद बिक्री भएको छ । कारोबार रकमका आधारमा ङादी ग्रुप पावर र लक्ष्मी बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । ङादी ग्रुप पावरको ६ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको बजारमा लक्ष्मी बैंकको ४ करोड ७६ लाख रुपैयाँको कारोबार भएको हो ।

तिलक कोइरालाले दशौं दिनमा तोडे आरमण अनशन, १९ बुँदे सहमति

यसैगरी हिमालयन डिस्टिलरीको ३ करोड ४८ लाख रुपैयाँ, नागरिक लगानी कोषको ३ करोड ७ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २ करोड ९२ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसनको २ करोड ६६ लाख रुपैयाँ, सिद्धार्थ बैंकको २ करोड ५३ लाख रुपैयाँ, नबिल बैंकको २ करोड ३८ लाख रुपैयाँ र नेशनल हाइड्रोपावरको २ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

आजको बजारबाट न्यादी हाइड्रोपावरका सेयरधनीहरुले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । कम्पनीको सेयरमूल्य बढेर २७२.९० रुपैयाँ पुगेको छ । यसैगरी सिवाईसी लघुवित्तको सेयरमूल्य ८.२१ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल ७.८९ प्रतिशत, राधी विद्युत ७.७१ प्रतिशतले बढेको छ ।

आजको बजारबाट मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ५.९३, सानिमा जनरल इन्स्योरेन्स ५.८३ प्रतिशत, नेपाल इन्स्योरेन्स ५.६४ प्रतिशत, ङादी ग्रुप पावर ५.४१ प्रतिशत, लक्ष्मी लघुवित्त ५.३२ प्रतिशत, बरुण हाइड्रोपावरका सेयरधनीले ५.१७ प्रतिशतका दरले कमाएका छन् ।

यसदिन आँधिखोला लघुवित्तका सेयरधनीहरुले सबैभन्दा धेरै ८ प्रतिशतका दरले गुमाएका छन् । मेगा म्युचुअल फण्ड ६.९२ प्रतिशत, महुली ६.८० र घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले ५.०४ प्रतिशतका दरले गुमाएका छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० असार २०७९, शुक्रबार  १६ : २२ बजे