नागरिक लगानी कोषको ३१.५८ प्रतिशत लाभांश घोषणा

0
Shares

नागरिक लगानी कोषले बढाएर लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । काेषले अघिल्लाे वर्ष वितरण गरेकाे लाभांशकाे तुलनामा १३.६९ प्रतिशत धेरै लाभांश बाँड्ने भएकाे हाे ।

काेषका सञ्चालक समितिकाे शनिबारकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट काेषले सेयरधनीहरुलाई ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको सचिव नवराज खड्काले जानकारी दिए ।

काेषकाे असार ११ गते शनिबार साँझ सम्पन्न ३८४४ औं बैठकले चुक्ता पूँजीको ३० प्रतिशत अर्थात ९८ करोड १० लाख रुपैयाँ बराबरको बोनस सेयर र सोको कर प्रयोजनार्थ १.५७८९ प्रतिशतले हुन आउने ५ करोड १६ लाख ३१ हजार ५७८ रुपैयाँ ९५ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित उक्त लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयकाे स्वीकृति तथा काेषकाे आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र लगानिकर्तालाई वितरण हुनेछ । हाल ३ अर्ब २७ करोड रुपैयाँ रहेको कोषको प्रस्तावित बोनस वितरणपछि चुक्ता पुँजी ४ अर्ब २५ करोड १० लाख रुपैयाँ पुग्नेछ ।

काेषले आव २०७६/७७ बाट सेयरधनीलाई चुक्ता पुँजीकाे ९ प्रतिशत बाेनस सेयर र कर सहित ८.८९ प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे ।

 

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ असार २०७९, आइतबार  ०८ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।