थोक कर्जा प्रदायक लघुवित्तहरुको खुद नाफा चैतसम्म ४४.२८ प्रतिशतले बढ्यो

0
Shares

थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको खुद मुनाफा २०७८ चैत मसान्तसम्ममा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.२८ प्रतिशतले वृद्धि भएको छ ।

विसं २०७७ चैत मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको खुद मुनाफा ८४ करोड ४९ लाख रुपैयाँ रहेको थियो ।

विसं २०७८ चैत मसान्तसम्ममा आइपुग्दा खुद नाफा बढेर १ अर्ब २२ करोड खुद मुनाफा गरेका छन् ।

विसं २०७८ चैत मसान्तसम्ममा ६५ वटा लघुवित्त वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन् । जसमध्ये ४ वटा थोक कर्जा प्रदायक संस्था रहेका छन् भने बाँकी ६१ वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्थाहरू रहेका छन् । हाल आरएमडिसी लघुवित्त, आरएसडिसी लघुवित्त, फस्ट माइक्रोफाइनान्स र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको रुपमा सञ्चालनमा रहेका छन् ।

समीक्षा अवधिमा यस्ता लघुवित्त वित्तीय संस्थाहरुले ३ अर्ब ८० करोड ५६ लाख रुपैयाँ ब्याज आम्दानी गरेर १ अर्ब ९६ करोड २४ लाख रुपैयाँ ब्याज खर्च रहेको छ । आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रयमाससम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको ब्याज आम्दानी २ अर्ब ६३ करोड ७५ लाख रुपैयाँ र ब्याज खर्च १ अर्ब ५ करोड ८६ लाख रुपैयाँ थियो । आव २०७८/७९ को ९ महिनामा थोक कर्जा प्रदायक लघुवित्तहरुको समीक्षा अवधिमा ४४.२९ प्रतिशतले ब्याज आम्दानी बढ्दा ब्याज खर्च ८५.२९ प्रतिशत बढेको छ ।

S.N. Name of the Microfinance Net Profit  2078 Chaitra (in Crore)
1 Sana kisan  50.39
2 RMDC  43.80
3 First  18.35
4 RSDC  9.36
Sub-Total Wholesale MFIs (A) 121.90

 

उक्त लघुवित्त वित्तीय संस्थाहरुको आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रयमाससम्ममा सञ्चालन आम्दानी १७.७२ प्रतिशतले बढेर १ अर्ब ९५ करोड १७ लाख रुपैयाँ पुगेको छ । २०७७ चैत मसान्तसमा थोक लघुवित्तहरुको सञ्चालन आम्दानी १ अर्ब ६५ करोड ८० लाख रुपैयाँ रहेको थियो ।

खुद्रा कर्जा प्रदायक लघुवित्तको नाफामा १.१८ प्रतिशत वृद्धि

खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको तेस्रो त्रयमासको तुलनामा सामान्य वृद्धि भएको छ । २०७८ चैत मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक लघुवित्तको खुद नाफा खुद मुनाफा ८ अर्ब ६ करोड १९ लाख रुपैयाँ पुगेको छ । यो २०७७ चैतको तुलनामा १.१८ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रयमाससम्ममा लघुवित्त वित्तीय संस्थाहरुको खुद नाफा ७ अर्ब ९७ करोड रहेको थियो ।

उक्त लघुवित्त वित्तीय संस्थाहरुको आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रयमाससम्ममा ब्याज आम्दानी ३९ अर्ब १४ करोड ५१ लख रुपैयाँ र ब्याज खर्च १९ अर्ब २९ करोड ८२ लाख रुपैयाँ रहेको छ । यस अवधिमा सञ्चालित ६१ खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरु मध्ये २ वटा लघुवित्त खुद नोक्सानीमा रहेको देखिन्छ ।

 

S.N. Name of the Microfinance Net Profit  2078 Chaitra (Crore)
1. Nirdhan  80.35
2 Chhimek  71.71
3 Forward  70.91
4 Jeevan Bikas  57.76
5 NICA  47.84
6 DEPROSC  43.61
7 Mero  34.16
8 National  33.68
9 Swawalamban  28.42
10 Grameen Bikas   28.35
11 GIME  20.48
12 NERUDE  18.48
13 Mirmire  17.50
14 NESDO  16.48
15 Sworojgar  13.18
16 Laxmi  13.11
17 Asha  12.00
18 Infinity  11.84
19 Summit  11.74
20 Kalika  11.19
21 NMB  10.54
22 Suryodaya Womi  10.26
23 Mahila  10.00
24 CYC  9.99
25 Vijay  9.51
26 Sadhana  9.22
27 Jalapa  8.64
28 Mahuli  7.63
29 Unique Nepal  7.27
30 Sabaiko  7.15
31 Naya Sarathi  6.41
32 Aatmanirbhar  6.16
33 NADEP  5.69
34 Rastra Uththan  5.55
35 Samata  5.36
36 Janautthan  5.29
37 Civil  5.28
38 Kisan  5.15
39 Mithila  5.03
40 Arambha Chautari  4.92
41 Shrijanshil  4.05
42 Unnati  3.79
43 Adhikhola  3.48
44 Swabhiman  3.32
45 Upakar  2.98
46 Samudayik  2.82
47 Dhaulagiri  2.33
48 Manushi  1.87
49 Swastik  1.75
50 Manakamana  1.45
51 Ganapati  1.32
52 Aviyan  1.12
53 Support  1.11
54 Gurans  1.05
55 Samaj  1.03
56 Wean Nepal  0.54
57 BPW  0.27
58 Khaptad  0.26
59 Adarsha  0.22
60 Buddha Jyoti  -2.48
61 Super  -13.95
Sub-total Retail MFIs (B) 806.20

लघुवित्तहरूको लगानीमा ह्रास, नाफासँगै जोखिम भारित सम्पत्ति पनि बढ्यो

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ असार २०७९, सोमबार  १३ : ०७ बजे